समाचारको प्रभाव, गढिमाईले नदीजन्य पद्धार्थको कर लिनबाट हटयो पछि, तर अन्य सामग्रीको कर अझै असुल्दै

गरुडा समाचारदाता
फगुण २८ गते, रौतहट ।

पछिलो समय रौतहटको गढिमाई नगरपालिकाको गैर कानुनी ढंगबाट लिने गरेको करका कारण जिल्लाका उद्योगी व्यवसायीहरु आजित भएका छन् ।
गढिमाई नगरपालिकाले नियम विपरीत आफुखुसी विभिन्न सामान ढुवानी गर्ने व्यवसायीहरुबाट करको नाममा रकम असुली गर्ने गरेको पाइएको छ ।
कुनै पनि पालिका क्षेत्र भित्रबाट उत्पादित नदिजन्य पद्धार्थ, निर्माण सामग्री, तरकारी वा अन्य वस्तु खरिद गरी बाहिर लैजादा सम्बन्धित पालिकाले कर लिन पाइन्छ ।
यदि बाहिरबाट कुनै वस्तु वा निर्माण सामग्री खरिद गरी ल्याउँदा वा लैजादा सम्बन्धित पालिकाले कुनै प्रकारको कर लिन पाइदैन तर तर गढिमाई नगरपालिकाले सो पालिका भन्दा बाहिरबाट निर्माण सामग्री वा कुनै वस्तु खरिद गरी ल्याउँदा, लैजादा प्रति ट्रिपर दुई सय र प्रति ट्याक्टर एक सय रुपैयाँ कर लिने गरेको पाइएको छ ।
घरको भित्तामा प्रयोग गरिने टाएल्स, मार्वल, बाँस, तरकारी, फलबुल लगाएतका वस्तु र सामग्री सवारी साधनमा लोड गरी गरुडा समनपुर सडक भएर जाँदा त्यस वापत गढिमाई नगरपालिकाले व्यवसायीहरुबाट प्रति ट्रिपर दुई सय, प्रति ट्याक्टर एक सय रुपैयाँ रकम असुली गर्दै आएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
गरुडाबाट टाएल्स र मार्वल लिएर सर्लाही तर्फ जाँदा समनपुर स्थित बागमति नदिको पुल छेउमा गढिमाई नगरपालिकाका कर्मचारीहरुले ट्रिपर, ट्याक्टर, ट्रक, जीप लगाएत सवारी साधनको एक सय देखी तिन सयसम्म रुपैयाँ लिने गरेको गरुडाका एक जना व्यापारीले बताएका छन् ।
कुनै निर्माण सामग्री वा तरकारी लिएर सर्लाहतिर्फ जाँदा सो पालिकाका सम्बन्धित व्यक्तिले गाडी रोकेर बलजबरजस्ती रकम असुल्ने गरेको उनले बताए ।
पैसा नदिए गाडी नै जान दिन्न भन्दै उनिहरु पैसाको लागि धम्क्याउने गरेको समेत उनले सुनाए ।
करको नाममा अनाधिकृत पैसा असुली गरी गढिमाई नगरपालिकाले आफुहरुलाई विना कारण दुख दिने काम गरेको उनले दुखेसो गरे ।
केहि दिन अघि मात्रै सर्लाहीबाट खरिद गरी नदीजन्य पद्धार्थ रौतहटतर्फ ल्याउँदा सो पालिकाले कर वापत प्रति ट्रिपर दुई सय देखी तिन सय र प्रति ट्याक्टर एक सय रुपैयाँ रकम असुली गर्दै आएको समाचार बाहिर आएपछि पालिकाले नदीजन्य पद्धार्थको कर लिन छाडेको छ ।
समनपुर गरुडा सडकखण्ड भएर सर्लाहीबाट रौतहट र रौतहटबाट सर्लाही ओहोर दोहोर गर्ने सयौं ट्रिपरवलाहरुसंग पालिकाले गैर कानुनी ढंगले प्रति ट्रिपर दुई सय देखी तिन सय रुपैयाँ दोहोरो कर वापत रकम असुली गर्दै आएको थियो ।
तर सञ्चारमाध्यममा यसको चर्को विरोध भएपछि सो पालिकाले नदीजन्य पद्धार्थको कर लिन छाडेपनि अन्य सामग्रीको कर वापत अबैध रकम असुली धन्दा अझै रोक्न नसकेको व्यवसायीहरुले बताएका छन् ।
गढिमाई नगर क्षेत्रभन्दा बाहिरबाट ल्याउने बालुवा, गिटि, ग्रेवलको कर लिन छाडेपनि निर्माण सामग्री र अन्य वस्तुको रोड कर अझै लिरहेको गुनासो छ ।
पालिका भन्दा अन्य ठाउँबाट नदीजन्य पद्धार्थ वा अन्य सामग्री खरिद गरी ल्याउँदा वा लैजादा लिइने शुल्क गैर कानुनी एवं अबैध रहेको कुरा त्यतिबेला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले स्वीकार गरेका थिए ।
करको नाममा यसरी असुली गरिएको रकम सम्बन्धित व्यापारीलाई फिर्ता गराउने हाकिम यादवले प्रतिबद्धता जनाएका थिए तर उनले अझै व्यापारकिो रकम फिर्ता गराउन सकेका छैनन ।
करको नाममा गढिमाई नगरपालिकाले आफुहरुलाई खुल्याम लुटने गरेको भएपनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको व्यवसायीहरुको गुनासो छ ।
गढिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा श्रीदेव यादव हाजिर भएदेखी नै सो पालिकामा गैर कानुनी कर वापत अबैध रकम असुली धन्दा मौलाएको छ ।
पालिकाका व्यक्तिले गैर कानुनी ढंगले कर उठाउने गरेको कुरा प्रशासकीय अधिकृत यादवलाई थाहा हुँदाहुँदै उनले यस अबैध धन्दालाई नियन्त्रण गर्न सकेका छैनन । जसका कारण उनले चर्को आलोचना भइरहेको छ ।
अबैध रकम असुली धन्दा बारे बुझन प्रशासकीय अधिकृत यादवलाई पटक पटक फोन गर्दा उनको फोन उठन सकेको छैन ।
नगरपालिकाको सिस्टम सुधार गर्ने र सुशासन कायम गराउने दृढ संकल्पका साथ करिव दुई महिना अघि गढिमाई नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका श्रीदेव यादवमाथी अबैध असुली गरिएको रकम फिर्ता गराउने ठुलो चुनौति थपिएको छ ।
प्रशासकीय अधिकृत यादवले यदि साच्चै सुशासन कायम गराउन चाहन्छन भने नगरपालिकाले नियम विपरीत असुल गरेको रकम ट्रिपरवलाहरुलाई फिर्ता गराउनु पर्नेहुन्छ ।
यादवले उक्त अबैध असुली रकम फिर्ता गराउँछन कि गराउँदैनन त्यो हेर्न बाँकी छ ।

16 Push 077 final